एचआईडिसिएलको नाफा घट्यो


काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसिएल) को खुद नाफा गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालू आर्थिक वर्षको पहिलो त्रैमासमा २७.७६ प्रतिशतले घटेको छ ।

कम्पनीले गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३७ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो भने चालू आर्थिक वर्षको सोही अवधिमा खुद नाफा २७ करोड ३७ लाख रुपैयाँमात्र आर्जन गरेको छ।

कम्पनीले ४१ करोड रुपैयाँ वित्तीय आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको तुलनामा २५.५६ प्रतिशतले घटेको हो ।

कम्पनीको चुक्ता पूँजी २४ अर्ब ५५ करोड ९८ लाख रुपैयाँ छ भने जगेडा कोषमा ४ अर्ब ४५ करोड रुपैयाँ सञ्चित छ।