काठमाडौं । नेपाल टेलिकम चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ७३ करोड ९५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोहीको अवधिको तुलनामा चालु आर्थिक वर्षमा १४.२० प्रतिशतले कम नाफा कमाएको हो । गत आवको सोही अवधिमा कम्पनीले २ अर्ब २ करोड ७४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीले सेवा प्रवाह गरेबापतको आम्दानी १.११ प्रतिशतले बढेको छ । कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ८ अर्ब ६८ करोड १ लाख रुपैयाँ आम्दानी गरेको छ भने गत वर्षको सोही अवधिमा ८ अर्ब ५८ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको थियो ।
कम्पनीको वित्तीय आम्दानी १ अर्ब १७ करोड ७१ लाख रुपैयाँ र अन्य आम्दानी २० करोड ६३ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ३८.६६ रुपैयाँमा, पीई रेसियो २५.८३ रुपैयाँ र प्रतिशेयर नेटवर्थ ५३५.०९ रुपैयाँ रहेको छ ।
कम्पनीको चुक्तापुँजी १८ अर्ब रुपैयाँ रहेको छ भने रिजर्भमा ७८ अर्ब ३१ करोड ५८ लाख रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्