काठमाडौँ। सर्वोत्तम सिमेन्ट चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म नोक्सानीमा रहेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड २५ लाख ८४ हजार रुपैयाँ नोक्सानीमा रहेको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी १७ करोड ३८ लाख ४ हजार रुपैयाँ नाफा कमाएको कम्पनीले चाल्रु आर्थिक वर्षको पहिलो त्रैमासमा भने नोक्सानी रहेको हो ।
कम्पनीले यो अवधिमा १ अर्ब ४५ करोड ५१ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ भने कुल खर्च १४ करोड ८५ लाख रुपैयाँ रहेको छ। कम्पनीको चुक्ता पूँजी ४ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ९४ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ १९८.३३ रुपैयाँ रहेको छ।
प्रतिक्रिया दिनुहोस्