एक अर्ब २७ करोड रुपैयाँ राष्ट्र बैंकले मुद्दती निक्षेपमा लगानी गर्दै


काठमाडौँ । नेपाल राष्ट्र बैंकले एक अर्ब २७ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । सोमबार राष्ट्र बैंकले सूचना जारी गर्दै उपदान र पेन्सन कोषमा रहेको एक अर्ब २७ करोड रुपैयाँ लगानी गर्न लागेको हो ।

बैंक तथा वित्तीय संस्थाहरुले आफूले लिन चाहेको रकम तथा उक्त रकम लिनको लागि प्रस्ताव गरिएको ब्याजदर मंसिर ४ गते साँझ ७ बजेभित्र प्रस्ताव गर्न आह्वान् गरेको छ ।

राष्ट्र बैंकले वाणिज्य बैंकमा एक अर्ब एक करोड ६० लाख रुपैयाँ लगानी गर्ने भएको छ भने राष्ट्रियस्तरको विकास बैंकमा १९ करोड ५ लाख रुपैयाँ र फाइनान्स कम्पनीमा ६ करोड ३५ लाख रुपैयाँ लगानी गर्ने भएको हो ।

राष्ट्र बैंकले २०८१ मंसिर ११ गतेदेखि २०८२ मंसिर १० गतेसम्म ३६६ दिनको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।