फरवार्ड माइक्रोफाइनान्सको साधारण सभा मंसिर २८ गते, लाभांश पारित गर्ने


काठमाडौँ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले मंसिर २८ गते शुक्रबार साधारण सभा बोलाएको छ । कम्पनीको मंसिर २ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार १२ औँ वार्षिक साधारण सभा बिहान ११ बजे दिनेश चौधरी स्मृति प्रतिष्ठान सुनसरीमा आव्हान गरेको छ।

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत प्रस्ताव पारित गर्ने जनाएको छ ।

प्रस्तावित लाभांश साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुले पाउने छन् । साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर १४ गते बुक क्लोज गर्ने भएको छ । मंसिर १३ गते सम्म कायम सेयरधनीहरुले लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् ।