सहुलितपूर्ण कर्जा प्रवाह भएन


काठमाडौँ । सरकारले सहुलियतपूर्ण कर्जाको रकम भुक्तानी नगरेपछि सहुलियतपूर्र्ण कर्जा लिनेको संख्या र उठ्न बाँकी सहुलियतपूर्र्ण कर्जा घटेको छ ।

राष्ट्र बैंकका अनुसार २०८० असारदेखि २०८१ असोज महिनासम्म १५ महिनाको अवधिमा उठ्न बाँकी सहुलियतपूर्ण कर्जा ८१ अर्ब २९ करोड ४३ लाख रुपैयाँले घटेको छ ।

२०८० असार मसान्तमा उठ्न बाँकी सहुलियतपूर्ण कर्जा एक खर्ब ९७ अर्ब ६ करोड १३ लाख रुपैयाँ रहेकोमा २०८१ असोज महिनासम्म आइपुग्दा घटेर एक खर्ब १५ अर्ब ७६ करोड ७० लाख रुपैयाँ झरेको छ ।

यो अवधिमा सहुलियतपूर्ण कर्जा लिनेको संख्या पनि घटेको छ । २०८० असारमा सहुलियतपूर्ण कर्जा लिनको संख्या एक लाख ४५ हजार ७७८ रहेकोमा २०८१ असोजमा १ लाख १६ हजार १०८ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले कृषि तथा पशुपालनमा सबैभन्दा बढी सहुलितपूर्ण कर्जा प्रवाह गरेका छन् । कृषि तथा पशुपन्छी पालन गर्न २०८१ असोजसम्ममा ४४ हजार १८५ जनाले सहुलियतपूर्ण कर्जा लिएका छन् । उनीहरुबाट बैंक तथा वित्तीय संस्थाहरुले ८६ अर्ब ८९ करोड ८८ लाख रुपैयाँ उठ्न बाँकी रहेको छ ।

संख्याको आधारमा महिला उद्यमशिलता ऋण लिने बढी रहेका छन् । २०८१ असोज मसान्तसम्म महिला उद्यमशिलताको लागि सहुलियतपूर्ण कर्जा लिनको संख्या ७० हजार १७ रहेका छन् भने उनीहरुबाट उठ्न बाँकी कर्र्जा ३४ अर्ब १४ करोड २२ लाख रुपैयाँ रहेको छ ।