काठमाडाैँ । विदेशी मुद्रा सञ्चिति र बैंकको तरलता सदुपयोग गर्नसक्ने गरी कानून सुधारको लागि निजी क्षेत्रले नेपाली काँग्रेससँग माग गरेका छ ।
शुक्रवार नेपाली कांँग्रेसले निजी क्षेत्रसँग गरेको छलफलपछि सञ्चारकर्मीलाई निजी क्षेत्रका प्रतिनिधिहरुले प्रतिक्रिया दिँदै निजी क्षेत्रले काँगेस यस्तो माग गरिएको जानकारी दिएका हुन् । उनीहरूले वर्तमान सत्ता समिकरणमा नेपाली काँग्रेस र नेकपा एमाले रहेकाले मुलुकको अर्थतन्त्र चलायमान बनाउनको लागि विदेशी मुद्रा सञ्चिति र बैंकको तरलता सदुयोग गर्नसक्ने गरी कानूनहरू सुधार गर्न माग गरिएको उल्लेख गरे ।
उनीहरूले पछिल्लो समय निजी क्षेत्रको मनोबल कमजोर बनेकाले विदेशी मुद्रा सञ्चिति उच्च र बैंकहरुमा प्रसस्त तरलता हुँदा समेत कर्जा लिन नसक्ने अवस्था रहेको जानकारी दिएको बताए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको अर्थतन्त्रको वर्तमान सुधारका उपायहरु काँग्रेससँगको छलफलमा दिएको बताए । उनले मुलुकको अर्थतन्त्रमा रिफर्म आवश्यकता रहेकाले रिफर्मको लागि आवश्यक तयारी गर्न सुझाव दिएको बताए ।
उनले मुलुकको अर्थतन्त्र संकुचनको अवस्थामा रहेको भन्दै अर्थतन्त्रलाई माथि लैजानको लागि नीतिगत सुधार गरी आन्तरिक र वैदेशिक लगानीको वातावरण बनाउन जरुरी रहेको बताए । उनले सरकारले लगानीको वातावरणको लागि पुराना कानून,नीति परिमार्जन गर्न सुझाव दिएको बताए । उनले बिहीवार मात्रै आएको कन्ट्री रेटिङको प्रतिवेदनले वैदेशिक लगानीका लागि सकारात्मक देखिएको बताए ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले नेपालको अर्थतन्त्र कमजोर अवस्थामा रहेकाले सुधार गर्न आवश्यक रहेको बताए । उनले वाह्य अर्थतन्त्रका सूचकहरु सकारात्मक रहेको बताए ।उन विदेशी मुद्रा सञ्चिति २२ खर्ब पुगेकाले लगानीको वातावरण बनाउन आवश्यक रहेको बताए । उनले निजी क्षेत्रको क्षमता कमजोर हुँदै गएकाले पछिल्लो समय उत्पादन,रोजगारी सिर्जना,व्यवसायीक अवस्था सिर्जना हुन नसक्दा अर्थतन्त्र चिन्ताजनक अवस्थामा पुगेको बताए ।
नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले मागमा कमी,बैंककमा पैसा थुप्रिएको,उद्योग ४० प्रतिशतको क्षमतामा चलिरहेको अवस्थाको विषयमा स्पष्ट रुपमा जानकारी दिएको बताए ।उनले विदेशी मुद्रालाई उपयोग गर्ने वातावरण बनाउन आग्रह गरिएको बताए ।
निजी क्षेत्रले व्यवसायीहरूलाई सम्मानपूर्वक काम गर्ने अवसर दिनुपर्नेमा जोड दिएका छन् । समग्र निजी क्षेत्रको मानमर्दन गर्नुको साटो सम्मान गर्नुपर्नेमा उनीहरूको जोड छ । व्यवसाय दर्ता, नवीकरण वा राजश्व बुझाउने प्रक्रियामा एकीकृत प्रणाली ल्याउन सुझाव दिए । विगत दुई वर्षदेखि बजार नियन्त्रणका लागि अपनाइएका नीतिहरूले अर्थतन्त्रमा समस्या सिर्जना गरेको भन्दै तत्काल सरकारले सुधार गर्न आवश्यक सुझाव दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्