काठमाडौँ । जीवन विकास लघुवित्तले आफ्ना सेयरधनीहरुलाई १४.७३६८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
कम्पनीको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट १४ प्रतिशत बोनस सेयर र ०.७३६८ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश वितरण गर्ने लाभांश घोषणा गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
प्रतिक्रिया दिनुहोस्