काठमाडौँ। साताको कारोबारको पहिलो दिन सेयरबजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक ९.९९ अंकले घटेर २७३८.०६ अंकमा झरेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ३ ओटा उपसुमहको सेयरमूल्य बढेको छ भने बाँकी १० ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
आइतबार कारोबार रकमको आधारमा एक्सल डेभलपमेन्ट बैंकको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३४ करोड ३१ लाख ४९ हजार ७१७ रुपैयाँको कारोबार भएको छ ।
आजको दिन नेप्सेमा ५ ओटा कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । विशाल बजार कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, ग्रिन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै जानकी फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ ।
कुल ३१४ कम्पनीको १ करोड ६७ लाख ६७ हजार ३७० कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ८३ करोड २३ लाख ८७ हजार ९४६ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्