साना किसान विकास लघुवित्तले गर्‍यो लाभांश घोषणा


काठमाडौँ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८० ८१ को वितरणयोग्य मुनाफाबाट १४ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ ।

मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले प्रस्तावित लाभांशमा चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस सेयर र ०.७० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने घोेषणा गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुने कम्पनीले जनाएको छ।