काठमाडाैँ । भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुरको महेश्वरी खेल मैदानमा सुरू भएको पाँचदिने भक्तपुर महोत्सव आजबाट सम्पन्र भएकाे छ ।
कला संस्कृति, जीवनशैली, स्थानीय उत्पादनलगायतको प्रवद्र्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले गत २८ गतेदेखि आजसम्म (पुस २ गते) सञ्चालन भएको पाँचदिने उक्त महोत्सवको आजबाट सम्पन्न भएकाे हाे ।
महाेत्सवमा १ सय स्टल रहेका थिए जसमा दैनिक जीवनमा प्रयोगमा हुने दैनिक उपभोग्य सामाग्री, विभिन्न लत्ताकपडा, खाद्यान्न, अटोमोबाइल, जुत्ता, कृषि तथा हस्तकला सामग्रीहरू राखिएका थिए ।
तस्विरः लक्ष्मी ज्ञवाली
प्रतिक्रिया दिनुहोस्