काठमाडौँ। ग्रीन डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ६.०५२७ प्रतिशत लाभांश वितरण गर्ने जनाएको हो ।
उक्त लाभांशमा ५.७५ प्रतिशत बोनस सेयर र ०.३०२७ प्रतिशत नगद लाभांश रहेको छ । नेपाल राष्ट्र बैंकको स्वीकृति र संस्थाको आगामी १२ औँ वार्षिक साधारणसभाबाट पारित भए पश्चात् लाभांश वितरण गर्ने बैंकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्