भारत अटो एक्सपो २०२५ जनवारी १७ गतेदेखि, ३४ कम्पनीहरूको सहभागिता हुने


काठमाडाैँ । भारतको प्रतिष्ठित अटो एक्सपो २०२५ आउँदो जनवारी १७ देखि २२ गतेसम्म आयोजना हुने भएको छ। सोसाइटी अफ इन्डिया अटोमोबाइल मैन्युफ्याक्चरर्सका अनुसार, यस एक्सपोमा ३४ वटा कम्पनीहरूको सहभागीता हुनेछ, जुन संख्या सन् १९८६ मा भएको पहिलो अटो एक्सपोको तुलनामा सबैभन्दा बढी हो। सोसाइटीले उक्त एक्सपोमा सहभागी हुने मैन्युफ्याक्चरर्सको सूची पनि सार्वजनिक गरेको छ।

यस एक्सपोमा मारुति सुजुकी, हुन्डाई, मर्सेडीज, बिएमडब्लु, बिवाइडी लगायतका प्रमुख ब्राण्डहरूले आफ्ना नयाँ मोडेलहरू प्रदर्शन गर्नेछन्। यस वर्षको भारत मोबिलिटी ग्लोबल एक्सपो २०२५ को औपचारिक नाम ‘द मोटर शो’ राखिएको छ र यसका प्रमुख सहयोगी संस्था अटोमोटिव कंपोनेंट मैन्युफैक्चरर्स एसोसिएशन अफ इन्डिया र भारतीय उद्योग परिसंघ रहनेछन्।

अटो एक्सपोमा भाग लिने मैन्युफैक्चरर्समा टाटा मोटर्स, मारुति सुजुकी, महिंद्रा एण्ड महिंद्रा, टोयोटा किर्लोस्कर मोटर, हुन्डाई मोटर इन्डिया, किआ इन्डिया, स्कोडा अटो, वोक्सवैगन इन्डिया, बिएमडब्लु, मर्सिडीज-बेंज, पोर्श इन्डिया र बिवाइडी जस्ता विश्व प्रसिद्ध लक्जरी ब्राण्डहरूको नाम रहेका छन्।

टू-व्हीलरमा, टिभिएस मोटर कम्पनी, बजाज अटो, हीरो मोटोकॉर्प, होन्डा मोटरसाइकल र स्कूटर इन्डिया, सुजुकी मोटरसाइकल र यामाहा इन्डिया जस्ता प्रमुख कम्पनीहरू सहभागी हुनेछन्। कमर्शियल सेग्मेन्टमा वोल्वो आयशर कमर्शियल व्हीकल्स, अशोक लीलैंड, जेबीएम र कमिंस इन्डिया जस्ता प्रसिद्ध कम्पनीहरू समावेश हुनेछन्। यस एक्सपोले भारतको अटोमोबाइल उद्योगको भविष्य र नवप्रवर्तनलाई प्रमुख फोरममा ल्याउने अवसर प्रदान गर्नेछ।