काठमाडाैँ । नेपालस्थित भारतीय दूतावासका प्रमुख वाणिज्य सचिव सुमन शेखरको प्रमुख आतिथ्यतामा नाडा केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यबिच काठमाडौँमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा इन्जिनियरिङ्ग एक्सपोर्ट प्रमोशन काउन्सिल अफ इण्डियाका प्रतिनिधि पल्लवी साह, सोसाइटी अफ इन्डियन अटोमोबाइल मेनुफ्याक्चर्स (सियाम) का प्रतिनिधि देवासिस मजुमदार, र नाडाका अध्यक्ष करण चौधरीबिच भारत मोविलिटी ग्लोबल एक्सपो २०२५ का सम्बन्धमा विस्तृत छलफल भएको थियो।
नाडाका अध्यक्ष करण चौधरीले नेपालको अटोमोबाइल क्षेत्रको प्रवर्द्धनमा भारतको सहयोग अपरिहार्य रहेको उल्लेख गरे। अन्तरक्रिया कार्यक्रम भारतको नयाँ दिल्ली, यसोभूमि द्वारिका, र ग्रेटर नोएडामा २०२५ जनवरी १७ देखि २२ सम्म हुने अटो एक्सपो–दि मोटर शो २०२५ लाई ध्यानमा राखी आयोजित गरिएको हो।
कार्यक्रममा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया, सहकोषाध्यक्ष पंकज अग्रवालसहित कार्य समितिका अन्य सदस्यहरूको उपस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुहोस्