काठमाण्डौ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नदिने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफा सेयरधनीलाई वितरण नगरी सञ्चित गर्ने भएको छ ।
पुस ६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आवको वितरणयोग्य मुनाफा सञ्चित गरी सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश प्रदान नगर्ने निर्णय गरेको हो ।
बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्