नेप्से २८ अंकले बढ्यो, जानकी फाइनान्सको सबैभन्दा धेरै कारोबार


काठमाडौं । साताको कारोबारको दोस्रो दिन सेयरबजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक २८.९१ अंकले बढेर २६१२.२० अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये म्युचुअल फण्ड उपसमुह बाहेक सबै उपसमुहहरु बढेका छन् ।

सोमबार जानकी फाइनान्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १८ करोड ८४ लाख ६६ हजार रुपैयाँ बढिको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा सर्पोट माइक्रोफाइनान्स र सुपर मादी जलविद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी दुवै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

कुल ३२८ कम्पनीको ८९ लाख ८ हजार ८ सय ५१ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४३ करोड २४ हजार ६ सय ३ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।