काठमाडौँ । २०८१ सालको तमू गुरूङ पत्रकारिता पुरस्कारमा ६ जना पत्रकार र फोटोपत्रकारलाई सम्मानित गरिएको छ। आज काठमाडौँको अनामनगर स्थित तमु बौद्ध सेवा समिती नेपालको सभाहलमा तमू सञ्चारकर्मी संघको आयोजनामा भएको कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सम्मान प्राप्त गर्ने पत्रकारलाई प्रमाणपत्र, नगद पुरस्कार र दोसल्ला ओढाएर सम्मानित गरेका थिए ।
यस वर्षका सम्मानित पत्रकारहरूमा देश सञ्चार डटकमका फोटो पत्रकार वर्ष शाह र इच्छाकामना न्युज डटकमका सम्पादक देवराज गुरूङलाई २०\२० हजार रुपैयाँ नगद प्रदान गरिएको छ। त्यस्तै राज्य टेलिभिजनका समाचार वाचिका र कार्यक्रम प्रस्तोताको रूपमा कार्यरत निरू गुरूङलाई १२,००० रुपैयाँ नगदसहित सम्मानित गरिएको छ। यसैगरी, रेडियो नेपालका गणडकी प्रदेश प्रादेशिक प्रसारण केन्द्रमा कार्यरत शीला गुरूङ र धौलागिरी खबरका फोटो पत्रकार अपेक्षा गुरूङलाई १०,००० रुपैयाँ नगद र सम्मान प्रदान गरिएको छ।
यो पुरस्कार पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने पत्रकारहरूको सम्मान गर्नका लागि हरेक वर्ष आयोजना गरिन्छ।










प्रतिक्रिया दिनुहोस्