भारतमा अटोमोबाइल कम्पनीहरूले जनवरीदेखि मूल्य वृद्धि गर्ने घोषणा, लागत र महँगाइको प्रभाव


काठमाडौँ । भारतमा विभिन्न अटोमोबाइल कम्पनीहरूले जनवरी २०२५ देखि मूल्य वृद्धि गर्ने घोषणा गरेका छन् ।मूल्य वृद्धिका कारण कम्पनीको उत्पादन लागतमा आएको वृद्धिका कारण कम्पनीहरूले साे घाेषणा गरेकाे जनाएका छन् ।

जसअनुसार होन्डा कार्स इन्डिया लिमिटेडले जनवरी २०२५ देखि आफ्नो कारहरूको मूल्यमा २ प्रतिशत सम्मको वृद्धि गर्ने घोषणा गरेको छ। कम्पनीका मार्केटिङ प्रमुख कुणाल बहलका अनुसार, यस मूल्य वृद्धिका कारण कम्पनीको उत्पादन लागतमा आएको वृद्धि हो।

यसअघि, अन्य प्रमुख अटोमोबाइल कम्पनीहरूले पनि आफ्नो गाडीहरूको मूल्यमा वृद्धि गर्ने निर्णय गरेका छन्। मारुति सुजुकी, हुन्डाई, महिन्द्रा, मर्सिडीज बेंज, बीएमडब्ल्यू र ओडी जस्ता कम्पनीहरूले जनवरी २०२५ देखि मूल्य वृद्धिको घोषणा गरेका छन्। यी कम्पनीहरूको मूल्य वृद्धिका कारणका रूपमा इनपुट लागत र ढुवानी खर्चको वृद्धि रहेको छ।

टाटा मोटर्सले पनि जनवरी २०२५ देखि आफ्नो गाडीहरूको मूल्यमा ३ प्रतिशतसम्मको वृद्धि गर्ने निर्णय गरेको छ। कम्पनीले कच्चा मालको लागत र महँगाई कारण मूल्य वृद्धि गर्ने जानकारी दिएको छ। नयाँ मूल्यहरू विभिन्न मोडेल र संस्करणमा आधारित हुनेछ। टाटा मोटर्सका प्रमुख मोडेलहरूमा टियागो, अल्ट्रोज, नेक्सन, हैरियर र सफारी समावेश छन्, जसका साथै कम्पनीले इलेक्ट्रिक मोडेलहरू पनि प्रस्तुत गरेको छ।

जेएसडब्ल्यू एमजी मोटर इण्डिया जनवरी २०२५ देखि आफ्ना सबै मोडेलहरूको मूल्यमा ३ प्रतिशत सम्मको वृद्धि गर्ने घोषणा गरेको छ। कम्पनीले यस मूल्य वृद्धिका कारण अटो पार्ट्सको लागत, विनिमय दर र ढुवानी खर्चका कारण रहेको बताएको छ।

हुँन्डाई मोटर इन्डिया लिमिटेडले आफ्ना सबै मोडेलहरूको मूल्यमा २५ हजार रुपैयाँसम्मको वृद्धि गर्ने घोषणा गरेको छ, जुन जनवरी १, २०२५ देखि लागू हुनेछ। त्यस्तै किआ इण्डियाले पनि २ प्रतिशत मूल्य वृद्धि गर्ने निर्णय गरेको छ ।

facebook sharing button