पुस २७ गतेको राष्ट्रिय भेलामार्फत सडक आन्दोलनमा जान्छौंः अध्यक्ष सिंह


काठमाडाैँ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरू पुस २७ गतेको राष्ट्रिय भेलामार्फत सडक आन्दोलनमा जाने बताएका छन् ।

मंगलवार ललितपुरमा पूर्वाधार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष सिंहले वर्तमान परिवेशमा निर्माण क्षेत्र सकसमा रहँदा पनि राज्यले निर्माण व्यवसायीहरूका समस्या समाधान नगरेकाले सडक आन्दोलनमा जान बाध्य भएको बताएका हुन् ।

उनले पुस २७ गते निर्माण व्यवसायीहरूको राष्ट्रिय भेला गरी सरकारलाई खबदारी गर्ने योजना रहेको बताए । उनले भेलामा ७७ जिल्ला र प्रदेशका प्रतिनिधिहरु रहने बताए । उनले भेलाको विषयमा सरकारका सबै निकायलाई जानकारी दिएको बताए । उनले सकसमा रहेको निर्माण क्षेत्र सिमेन्ट उद्योगीहरूले उत्पादनलाई कटौती गरेर मूल्यमा गरेको कालोबजारीले थप मारमा परेको बताए । उनले सिमेन्ट उद्योगीहरुले सिमेन्टको मूल्य ५ सयबाट ७७० रुपैयाँसम्म पु¥याएको बताए ।