महिन्द्रा थार रक्स बन्यो ‘भारतीय कार २०२५’,मर्सिडिज र एमजी पनि सम्मानित


काठमाडौँ । महिन्द्रा एण्ड महिन्द्राको लोकप्रिय अफ-रोड एसयूभी थार रक्सले ‘भारतीय कार २०२५’ को उपाधि जितेको छ। साथै, एमजी विन्डसरले ‘२०२५ को ग्रीन कार,’ मर्सिडिज बेन्ज इ-क्लासले ‘प्रिमियम कार अफ द इयर २०२५’ र अप्रिलिया आरएस ४५७ स्पोर्ट्स बाइकले ‘इन्डियन मोटरसाइकल अफ द इयर’ अवार्ड प्राप्त गरेका छन् ।

भारतीय कार २०२५ बनेकाे महिन्द्रा थार रक्स कम्पनीको सबैभन्दा लोकप्रिय एसयूभी थारको ५-डोर संस्करण हो, जुन २०२४ काे सेप्टेम्बरमा भारतीय बजारमा सार्वजनिक गरिएको थियो। यसले एक घण्टामा १ कराेड ७६ लाखभन्दा बढीको बुकिङ पाएको थियाे ।

यो प्रतिष्ठित अवार्डको २०औं संस्करण हिजो दिल्लीमा सम्पन्न भएको हो। मूल्य, इन्धन दक्षता, आराम, सुरक्षा, कार्यसम्पादन, प्राविधिक नवप्रवर्तनका आधारमा यी गाडीहरूलाई विजेता घोषित गरिएको हो। इन्डियन कार अफ द इयर अवार्डलाई अटोमोबाइल उद्योगका लागि ‘ओस्कार’ मानिन्छ। गत वर्ष सन् २०२४ मा हुन्डाई एक्सेटरले यो अवार्ड जितेको थियो।