काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले सरकारविरुद्ध चरणबद्ध रूपमा आन्दोलन गर्ने भएको छ । महासंघले आज पत्रकार सम्मेलन गरि लामो समयदेखि निर्माण व्यवसायीले सरकारसँग विभिन्न माग राख्दै आएको तर सुनुवाइ नभएपछि माघ ३ गतेदेखि चरणबद्ध रूपमा आन्दोलनमा जाने तयारी गर्ने भएको हो ।
निर्माण व्यवसायी महासङ्घका महासचिव दाहालका अनुसार माघ ३ गतेदेखि ७ गतेसम्म १४ बुँदे मागसहित प्रधानमन्त्री र विकासे मन्त्रीहरूलाई ज्ञापनपत्र बुझाउने तयारी रहेको छ । साथै १८ गते राजधानीस्थित माइतीघर मण्डलामा धर्ना दिने, २० गते प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने र २१ गतेदेखि राजधानी प्रवेश गरेर पूर्व पश्चिमका नाका ठप्प पार्ने कार्यक्रम तय भएको छ ।
यसपछि पनि माग पुरा नभए राष्ट्रिय गौरवका आयोजनासहित सबै खालका निर्माण कार्य ठप्प पार्ने महासचिव दाहालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्