काठमाडौँ । साताको कारोबारको चौथो दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक १.८३ अंकले बढेर २५९५.९६ अंकमा झरेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ ओटा उपसमुहमध्ये ७ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ६ ओटा उपसमूहको सेयरमूल्य घटेको छ ।
एनआरएन इन्फ्रस्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३२ करोड ४९ लाख ४४ हजार ७१८ रुपैयाँको सेयर कारोबार भएको छ ।
आज डोल्टी पावर कम्पनी लिमिटेडका लगानीकर्ताहरुले सबैभन्दा बढी कमाएका छन् । कम्पनीहरुको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
बुधबार न्यादी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।
कुल २९९ कम्पनीको एक करोड ७ लाख ४५ हजार ४२७ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ८२ करोड ४९ लाख ४ हजार १३४ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्