कहिले हुँदैछ गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट ?


काठमाडौँ। गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले माघ ६ गते आइपीओ बाँडफाँट गर्ने भएको छ । कम्पनीको आइपीओमा १९ लाख ६ हजार ७४८ जना आवेदकले २ करोड ५१ लाख ९० हजार ३६० कित्ताका लागि २ अर्ब ५१ करोड ९० लाख ३६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

यो सर्वसाधरणलाई निष्काशन गरेको सेयरको १३.६५ गुणा बढी हो । मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथाबाट बाँडफाँट हुने आइपीओमा १ लाख ८४ हजार ५०० जनाले १० कित्ताका दरले सेयर पाउने छन् । बाँकी १७ लाख २२ हजार बढीको हात रित्तो हुनेछ ।

कम्पनीले पुस २१ गतेदेखि पुस २४ गतेसम्म सर्वसाधरणका लागि आईपीओ निष्काशन गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर निष्काशन गरेको थियो ।