काठमाडाैँ । आइतवारदेखि लागू भएको युद्धविराम सम्झौता अन्तर्गत गाजा पट्टीबाट रिहा गरिएका पहिलो तीन इजरायली बन्धकहरू इजरायल फर्किएका छन् । आफ्ना परिवारहरूसँग पुनर्मिलन गरेका छन् ।
यसैबीच गाजावासीहरू १५ महिनाभन्दा बढीको घातक इजरायली हमलाको अन्त्यको खुशीयालीमा छन् । गाजाका स्वास्थ्य अधिकारीहरूकाअनुसार युद्धविरामले ४६ हजार ९ सय भन्दा बढी प्यालेस्टिनीहरूको ज्यान लिने इजरायली आक्रमणको अन्त्य भएको छ । घातक लडाइँले गाजाको धेरैजसो भागलाई पनि ध्वस्त पारेको छ ।
गाजापट्टीमा व्यापक भोकमरी र रोगहरू निम्त्याएको छ । रिहा गरिएका तीन महिलाहरूमा २८ वर्षीया ब्रिटिश–इजरायली एमिली दमारी र ३० वर्षीया रोमानियाली–इजरायली पशु चिकित्सा नर्स डोरोन स्टेनब्रेचर छन् । जसलाई उत्तरी गाजा बाहिर किबुट्ज कफर अजाबाट अपहरण गरिएको थियो ।
२३ वर्षीया रोमी गोनेन, जसलाई नोभा संगीत महोत्सवबाट लगिएको थियो । गाजामा अझै पनि रहेका ९८ बन्धकहरू मध्ये आधा जीवित छन् । यद्यपि हमासले पुष्टि गरेको छैन ।
प्रतिक्रिया दिनुहोस्