जीवन बिमा कम्पनीहरूले ६ महिनामा संकलन गरे ८० अर्बभन्दा बढी बिमाशुल्क


काठमाडौँ । चालु आर्थिक वर्ष २०८१\०८२ को ६ महिना (साउन- पुस) सम्म जीवन बिमा कम्पनीहरूले ८० अर्ब रुपैयाँभन्दा बढीको बिमाशुल्क संकलन गरेका छन् ।

नेपाल बिमा प्राधिकरणका अनुसार सञ्चालनमा रहेका १४ वटा जीवन बिमा कम्पनीहरूले १ करोड ३३ लाख ७२ हजार १०९ वटा बिमा पोलिसी बिक्री गरी ८० अर्ब ६६ करोड ३८ लाख रुपैयाँ कुल बिमामाशुल्क संकलन गरेका हुन् ।

यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफले कुल बिमाशुल्क संकलन गरेको छ । सो अवधिमा कम्पनीले २२ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ भने नेशनल लाइफले ९ अर्ब ६० करोड ८० लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ ।

एलआइसी नेपालले ९ अर्ब ४६ करोड रुपैयाँ, हिमालयन लाइफले ८ अर्ब ३३ करोड ८ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ५ अर्ब ६ करोड रुपैयाँ, एशियन लाइफले ४ अर्ब २१ करोड रुपैयाँ, सिटिजन लाइफले ३ अर्ब ३८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छन् ।

त्यस्तै सानिमा रिलायन्स लाइफले ३ अर्ब २४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ भने मेट लाइफले २ अर्ब ८६ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ । यसैगरि राष्ट्रिय जीवन बिमा कम्पनीले २ अर्ब ७७ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ भने प्रभु महालक्ष्मी लाइफले २ अर्ब ४२ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ ।

यस्तै रिलायबल नेपाल लाइफले २ अर्ब ४४ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ । आइएमई लाइफले २ अर्ब ४४ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गर्दा सन नेपाल लाइफले २ अर्ब रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको प्राधिकरणको तथ्यांकले जनाएको छ ।