काठमाडाैँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाहरुप्रति भ्रम छर्ने काम भइरहेको बताएका छन् ।
बिहीवार काठमाडौंमा राष्ट्रिय वाणिज्य बैंकको ६० औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले बैंक तथा वित्तीय संस्थाहरुप्रति वास्तविक कुराहरु नभइ भ्रम छर्ने कामहरु भइरहेको बताएका हुन् । उनले साना कर्जाहरु बिस्तार गर्नुपर्ने अहिलेको आवश्यकता रहेको उल्लेख गरे ।
उनले कुनैपनि वित्तीय संस्थाहरु समस्यामा भए त्यसको तथ्यांक राष्ट्र बैंकसँग हुने र सोहीअनुसारको कामहरुबाट संस्थालाई सुझाव दिने काम गरिरहेको बताए । राष्ट्र बैंकले रेगुलेट गरेको संस्थाको डिपोजिटरलाई कुनै हालतमा पनि समस्यामा पर्न नदिने प्रतिवद्धता जनाउनु भयो । कर्जा बिस्तारमा लाग्न बैंकहरुलाई उनले आग्रह समेत गरे ।
गभर्नर अधिकारीले बैंक तथा वित्तीय संस्थामा आउने उत्तारचढावलाई स्वभाविक रुपमा लिनुपर्ने बताए । नेपाल राष्ट्र बैंकले कुनैपनि निक्षेपकर्तालाई घाटामा पर्न नदिने उनकाे भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्