काठमाडौँ । साताको कारोबारको अन्तिम दिन सेयरबजार दोहारो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार सेयर मापक सूचक नेप्से परिसूचक ११.१० अंकले घटेर २६५४.३५ अंकमा झरेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये २ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ११ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
आज सप्तकोशी डेभलपमेन्ट बैंकको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३० करोड ८९ लाख २९ हजार ०६५ रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सामुदायिक लघुवित्त वित्तीय संस्था, कर्पोरेट डेभलपमेन्ट बैंक र सिक्लेस हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरुले सबैभन्दा बढी कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
बिहीबार सुपरमादी हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।
कुल ३१८ कम्पनीको एक करोड ५१ लाख ४ हजार ३३ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ८५ करोड ७७ लाख ९२ हजार ३२६ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्