काठमाडौँ । अमेरिकाले १४ लाखभन्दा बढी अवैध आप्रवासीलाई स्वदेश फर्काउने प्रक्रियाअन्तर्गत आप्रवासीहरूको सूची सार्वजनिक गरेको छ। अमेरिकी अध्यागमन विभागले प्रकाशित तथ्यांकअनुसार विभिन्न देशका १४ लाख ४५ हजार ५४९ जना आप्रवासीलाई निष्कासन गर्न लागिएको छ।
उक्त सूचीमा १३ सय ६५ नेपालीसहित भारतका १७ हजार ९४०, चीनका ३७ हजार ९०८, बंगलादेशका चार हजार ८३७, भुटानका १२२, पाकिस्तानका सात हजार ७६० र श्रीलंकाका तीन हजार ६५ जना रहेका छन्।
यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशपछि नेपालमा अमेरिकी सहयोगमा सञ्चालित २ खर्ब ६६ अर्ब रुपैयाँ बराबरका ७० परियोजनाको कार्यान्वयन तत्काल रोकिएको छ।
प्रतिक्रिया दिनुहोस्