उन्नति सहकार्यको मुनाफा ६३ लाख रुपैयाँ माथि


काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको मुनाफा १५५.९४ प्रतिशतले बढेको छ ।

आज सार्वजनिक गरेको वित्तिय विवरणअनसार दोस्रो त्रैमाससम्ममा कम्पनीले ६३ लाख ८३ हजार मुनाफा कमाएको छ । कम्पनीले गत आर्थिक वर्ष सोही अवधिमा २४ लाख ९३ हजार रुपैयाँ मुनाफा कमाएको थियो ।

गत वर्ष दोस्रो त्रैमाससम्म ८ करोड ६ लाख रुपैयाँ रहेको कम्पनीको खुद व्याज आम्दानी यस वर्ष सोही अवधिमा ४५.३७ प्रतिशतले बढेर ११ करोड ७२ लाख रुपैयाँ पुगेको छ ।

कम्पनी सञ्चालन आम्दानी १० करोड ४४ लाख रुपैयाँ रहेको छ ।

यस्तै संस्थाको रिटेन्ड अर्निङ १ करोड ७७ लाख रुपैयाँले ऋणात्मक र रिजर्भको आकार १० करोड १ लाख रुपैयाँबराबर रहेको छ ।

संस्थाले इम्पेयरमेन्ट चार्जका लागि २ करोड ९८ लाख रुपैयाँ छुट्टाएको छ । कम्पनीको खराब कर्जा अनुपात ५.७४ प्रतिशतबाट घटेर ४.८३ प्रतिशत पुगेको छ ।

कम्पनीको निक्षेप संकलन १ अर्ब १३ करोड र कर्जा प्रवाह ३ अर्ब ६३ करोड रुपैयाँ रहेको छ भने समिक्षा अवधिमा वितरणयोग्य मुनाफा ४९ लाख ७८ हजार रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा प्रतिसेयर आम्दानी ५.१७ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १३३.३७ रुपैयाँ,प्रतिसेयर मुल सम्पत्तिको मूल्य १५९८.२१ रुपैयाँ रहेको छ ।