काठमाडाैँ । संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दैछ । दुवै सदनको बैठक आज दिउँसो १ बजेबाट सुरू हुनेछ ।
जसअन्तर्गत प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेल राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने, सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्रधानमन्त्रीको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने, सभामुखले प्रधानमन्त्री तथामन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने, सभामुखले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरुको मनोनयन गर्नुहुने कार्यसूचि रहेको छ ।
त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले सुुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ पेश गर्नुहुने कार्यसूचि रहेको छ । त्यस्तै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१, आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ पेश गर्नुहुने कार्यसूचि रहेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ र भूमि सम्बन्धी केहीनेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ पेश गर्नुहुने, सङ्घीय संसद्को हिउँदे अधिवेशन आजबाट शुरु हुँदैछ । जसमा प्रधानमन्त्रीसहित शिर्ष नेताहरूले सम्बोधन गर्ने कार्यसूचि रहेको छ । नेपाली काँग्रेस गार्टीको तर्फबाट वि.स.२०४८ सालको संसदीय निर्वाचनमा काठमाडौं जिल्लाक्षेत्र नम्बर २ बाट निर्वाचित सांसद, २०४८ सालको सभामुख दमननाथ ढुंगानाको निधनमा शोक प्रश्ताव प्रश्तु गर्नुहुने र ने.क.पा. (एमाले) पार्टीको तर्फबाट वि.सं. २०६४ सालको संविधान सभा निर्वाचनमा वागलुङ जिल्ला निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित सदस्य पूर्वराज्यमन्त्री रामजीप्रसाद शर्माको निधनमा शोक प्रकट गर्ने कार्यरी बाली परिवारप्रति समवेदना प्रकट गर्ने कार्यसूचि रहेको छ ।
त्यस्तै दिउँसो १ बजेबाट नै सुरू हुने राष्ट्रिय सभाको बैठकमा सभा अध्यक्ष नारायणप्रसाद दाहालले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउने, अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराने, अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराउने, विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले मिडिया काउन्सिल विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्नुहुने, नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेस गर्नुहुने, प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ सभा समक्ष पेश गर्नुहुने, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ सभा समक्ष पेश गर्नुहुने, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ र भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ सभा समक्ष पेश गर्नुहुने कार्यसूचि रहेको छ ।
त्यस्तै अध्यक्षले पूर्वसभामुख दमननाथ ढुंगाना, संविधानसभा सदस्य रामजीप्रसाद शर्मा, संविधानसभा सदस्य अब्दुल हमिद सिद्धिकी र प्रतिनिधि सभाका पूर्वसदस्य एवं पूर्वमन्त्री प्रेमलाल (पीएल) सिंहको निधनमा शोक प्रश्ताव प्रश्तुत गर्नुहुने कार्यसूचि रहेको छ ।
प्रतिक्रिया दिनुहोस्