काठमाडाैँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अर्थतन्त्रमा देखिएका समस्याहरूलाई किस्ता–किस्तामा समाधान गरी रहेको दाबी गरेका छन् ।
नेपाल चार्टर्स एकाउन्टेन्ट्स संस्था(आइकन)को २८ औं वार्षिकोत्सव समारोह बोल्दै अर्थमन्त्री पौडेलले पछिल्लो समय अर्थतन्त्रमा देखिएका समस्या समाधानको लागि सरकारले किस्ताकिस्तामा समाधान गर्न चाहेको बताएका हुन्। उनले अर्थतन्त्रलाई चलायमान बनाउँदै मुलुकमा लगानी,उत्पादन,रोजगारीलाई अभिवृद्धि गर्न र विदेशी लगानी आकर्षित गर्नका निम्ति प्रयास गरिरहेको बताए ।
उनले सरकारले आर्थिक क्रियाकलापलाई डिजिटल प्रविधिमा सम्पूर्ण रुपमा निर्भर रहनसक्ने गरी आत्मासाथ गरे पनि वर्तमान नयाँ टेक्नोलोजीका हिसाबले अगाडि बढ्न भने नसकेको बताए । उनले कर प्रणालीमा सरकारले चाहेको जस्तो सुधार गर्न अझै नसकेको भन्दै नेपाल चार्टर्स एकाउन्टेन्ट्सहरुले सुधारको लागि आवश्यक सहयोग गर्न आग्रह गरे ।उनले कुनैपनि व्यवसायीहरुले कर छल्न नसक्ने खालको कानून बनाउन नसकिएको बताए ।
उनले कर प्रणालीमा सुधार गर्न गरी राजश्वको उच्च वृद्धिको लागि सरकारसँग सहकार्यको माग गर्न आग्रह गरे । उनले सरकारले विदेशी लगानी प्रवद्र्धन र लगानीमैत्री वातावरण बनाउने कोशिस गरिरहेको भन्दै नेपाल चार्टर्स एकाउन्टेन्ट्सले थप भूमिका खेल्न आवश्यक रहेको बताए । उनले नेपाल चार्टर्स एकाउन्टेन्ट्सले जस्तो सस्था छ रिर्पोट पनि त्यस्तै दिन आवश्यक रहेको बताए ।उनले नेपालको पुँजीबजारलाई दिगो भरपर्दा र विश्वानिय ढङ्गले अगाडि बढाउनका लागि कुनै पनि प्रकारका चिटिङहरुलाई प्रवेश हुन नदिनका लागि भुमिका खेल्न नेपाल चार्टर्स एकाउन्टेण्ट्सहरुलाई आग्रह गरे ।
उनले सुशासन र सेवालाई प्रभावकारी बनाउँदै कार्यान्वयनको लागि सरकारले एकैपटक २९ वटा कानूनलाई अध्यादेशमार्फत ल्याएको बताए ।
प्रतिक्रिया दिनुहोस्