संस्कृति, प्रकृति र सम्पदाहरू नेपालका खुला संग्रहालय हुन्: मन्त्री पाण्डे


काठमाडौँ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपालका विविध संस्कृति,प्रकृति र सम्पदाहरू खुला संग्राहलय भएकाे उद्घाेष गरेका छन् ।

साेमबार प्रा.डा.साेमप्रसाद खतिवडाद्वारा लिखित हनुमानढोका दरबार क्षेत्रका मुर्त सांस्कृतिक सम्पदा नामक पुस्तक र हुनुमान ढनेका स्मारिका नामक पुस्तककाे विमाेचन गर्दै उक्त कुरा बताएका हुन् । मन्त्री पाण्डेले भने, “हामी जीवित सम्पदाहरूले धनी छाैं। विविध संस्कृति,प्रकृति र सम्पदाहरू खुला संग्राहलयका रूपमा रहेका छन्।यसलाई चलायमान् बनाउन आवश्यक छ।”

मन्त्री पाण्डेले सम्पदाहरू ठूलाे पूँजीकाे रूपमा रहेकाे उल्लेख गर्दै जल,जंगल र जडिबुटी जस्ता जैविक सम्पदाकाे संरक्षणकाे आवश्यकता आाैँल्याए। उनले प्राकृतिक सम्पदाहरू जाेगाउनका लागि प्राज्ञिक र एकेडेमीक रूपमा बहस र छलफल हुनुपर्नेमा जाेड दिए । उनले सम्पदाको अध्ययन,अन्वेषणहुँदा तथ्य र तथ्यांकमा आधारित भई वैज्ञानिक रूपमा पुष्टि हुने गरि निष्कर्षमा पुग्नु पर्ने बताए । मन्त्री पाण्डेले हनुमानढाेका दरबार क्षेत्रकाे मुर्त सांस्कृतिक सम्पदा नामक पुस्तकले अनुसन्धात्मक तरिकाले विराट र विशाल रूपमा अघि बढेकाे भन्दै प्रशंसा समेत गरे ।