काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक २.४१ अंकले बढेर २७३० अंकमा पुगेको छ ।
आज नेप्सेमा कारोबार भएका कुल १३ ओटा उपसमुहमध्ये ७ ओटा उपसमूहको सेयरमूल्य बढेको छ भने ६ ओटा उपसमूहको सेयरमूल्य घटेको छ ।
सोमबार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३५ करोड ३० लाख ७५ हजार १६ रुपैयाँको कारोबार भएको छ ।
आजको दिन नेप्सेमा उपकार लघुवित्त वित्तीय संस्था र भुगोल इनर्जी डेभभलपमेन्ट कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।
यस्तै, ग्रीन डेभलपमेन्ट बैंक र रिभर फल्स पावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।
कुल ३१९ कम्पनीको २ करोड ३७ लाख ७० हजार ३४८ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ८७ करोड ५९ लाख ६७ हजार ५३८ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्