झिनो अंकले घट्यो नेप्से


काठमाडौँ। साताको कारोबारको चौथो दिन सेयरबजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक ४.४५ अंकले घटेर २७११.४५ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ५ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ८ ओटा उपसुमहको सेयरमूल्य घटेको छ ।

बुधबार नेपाल नेपाल रि इन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३३ करोड ७६ लाख ३९ हजार ३५७ रुपैयाँ बढिको कारोबार भएको छ ।

आजको दिन उपकार लघुवित्त वित्तीय संस्था, च्यानगढी हाइड्रोपावर र सेन्ट्रल फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत, १० प्रतिशत र ९.९९ प्रतिशतले बढेको छ ।

त्यस्तै आज सामुदायिक लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ ।

कुल ३०९ कमपनीको १ करोड ९१ लाख ८१ हजार ४१४ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ९५ करोड ८० लाख ७ हजार रुपैयाँको कारोबार भएको छ ।