काठमाडाैँ । नेपाल नेशनल अस्पतालले डायलासिस सेवाको शुभारम्भ गरेको छ । शुक्रवार एक कार्यक्रमबिच अस्पतालले डायलासिस सेवाको शुभारम्भ गरेको हो । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एक कार्यक्रमबीच डायलासिस सेवाको शुभारम्भ गरेका हुन् ।
डायलासिस सेवाको शुभारम्भ गर्दै उपप्रधानमन्त्री पौडेलले स्वस्थ खानपानको अभाव र प्रदुषण लगायतका विभिन्न कारणले गर्दा मिर्गौला रोगीहरुको संख्या बढिरहेको उनले बताए । उनले मिर्गौला रोगीहरुको संख्या बढ्नुले स्वास्थ्य व्यवस्थापनमा चुनौति थपिएको उल्लेख गरे ।
मिर्गौला रोगीहरु बढिरहेको अवस्थामा यस अवस्थालाई मध्यनजर गरेर नेपाल नेशनल अस्पतालले डायलासिस सेवाको शुभारम्भ गर्नु सुखद् रहेको उनले बताए । उनले सरकारले गरिरहेका प्रयासहरुमा निजी क्षेत्रबाट पनि मद्दत गर्ने पहल सकारात्मक भएको उल्लेख गरे ।
कार्यक्रममा बोल्दै नेपाल नेशनल अस्पतालका आइसियु विज्ञ तथा निर्देशक डा. प्रकाश पौड्यालले नेपालमा अहिले मिर्गौला रोगीको अवस्था भयावह रहेको बताए । उनले हरेक १६ जना वयस्क व्यक्तिमध्ये एक जना मिर्गौलाको बिरामी रहेको तथ्यांक रहेको उल्लेख गरे ।
यही अवस्थालाई मध्यनजर गरेर अस्पतालले कलंकी क्षेत्रमा मिर्गौला रोगीका लागि डायलासिस सेवाको शुभारम्भ गरेको जानकारी दिए । एक पटक मिर्गौला रोगी भएर डायलसिस सेवामा जानुपरेपछि बिरामीलाई धेरै गाह्रो हुने र औषधिको खर्च पनि धेरै हुने उनले बताए । उनले यसबाट परिवारमा पनि समस्या आउने गरेको उल्लेख गरे ।
उनले सर्वसुलभ र राम्रो सेवा दिने उद्देश्यले नेपाल नेशनल अस्पताल स्थापना गरिएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्