काठमाडाैँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले अन्तिम आयोग बनाएर देशभर भूमिहिन दलित, सुकुम्बासीहरु जग्गा दिने कुराले कसैको अधिकार नखोसिने बताएका छन् ।
शनिवार जनकपुरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भूमिसम्बन्धी अध्यादेशको बारेमा बिरोध गर्नेहरुलाई एक पटक अध्यादेश अध्ययन गर्न आग्रह गरेका हुन् । उनले भूमिहिन दलित, सुकुम्बासीलाई संविधानले गरेको बासको ग्यारेन्टीलाई पूरा गर्नका लागि अध्यादेश ल्याइएको बताए । उनले विगतका सरकारले गर्न नसकेको काम अहिलेको सरकारले गरिरहेको बताए ।
उनले मधेसबाट भूमिहिन सुकुम्बासीलाई दिने जग्गा मधेसीलाई नै दिने भएकाले त्यसको बिरोध गर्न उचित नहुने बताए ।
प्रतिक्रिया दिनुहोस्