काठमाडाैँ । सभामुख देवराज घिमिरेले बढ्दो कार्बन उत्सर्जनका कारण पृथ्वीको तापक्रमले नेपाललाई गम्भीर रूपमा प्रभावित बनाएको बताएका छन् ।
आइतवार सहारा नेपालले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालले आफैँले नगरेको अपराधको सजाय अहिले भोगिरहेको बताएका हुन् । उनले विश्वका समृद्ध तथा औद्योगिक राष्ट्रहरुले अध्याधिक मात्रामा उत्सर्जन गरेको कार्बनको प्रत्यक्ष असर नेपालको प्राकृतिक सम्पदामा परेको बताए ।
हिमाली क्षेत्रमा हिउँको मात्रा घट्दै जानु प्राकृतिक चक्रमा गम्भीर असर परिरहेको संकेत भएको उल्लेख गरे । उनले जलवायु परिवर्तनका कारण उत्पन्न चुनौतिहरुका सामना गर्न सरकार, निजी क्षेत्र, नागरिक समाज तथा अन्तर्राष्ट्रिय साझेदारहरूको सहकार्य अपरिहार्य रहेको बताए । जीवनयापनको संकट भोगिरहेका समुदायलाई सहयोग पु¥याउने तथा वातावरणीय क्षति न्युन गर्नका लागि योजनावद्ध प्रयास गर्नु आवश्यक भएको बताए ।
सभामुख घिमिरेले क्लाइमेट पाल्र्यामेण्ट जस्ता अन्तर्राष्ट्रिय फोरमहरूमार्फत संघीय सांसदहरूले जलवायु नीति निर्माण, नविकरणीय उर्जाको प्रवद्र्धन र वातावरणीय सुधारका लागि आवश्यक पहल गरिरहेको बताए। नविकरणीय उर्जाको प्रवद्र्धन, वातावरणीय कानून निर्माण तथा हरित बजेट परियोजनाका कार्यहरू संसदमार्फत अघि बढिरहेको बताए । वृक्षारोपण गर्दा भरसक फलफूलका बिरुवाहरु रोप्न प्राथमिकता दिन आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्