काठमाडाैँ । खानेपानीमन्त्री प्रदीप यादवले शत प्रतिशत सुरक्षित खानेपानीको पहुँच पु¥याउन तीन तहका सरकारबिच समन्वयको आवश्यक रहेको बताएका छन्।
सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री यादवले शत प्रतिशत शुद्ध खानेपानी पु¥याउन संघ प्रदेश र स्थानीय तहबिचको सहकार्य, प्राप्त स्रोत परिचालन नीति सुधार तथा प्रभावकारी कार्यान्वयन अपरिहार्य आवश्यक भएको बताए । उनले सुरक्षित खानेपानीको पहुँच अझै ७३ प्रतिशत नागरिकमा पु¥याउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।
स्वच्छ खानेपानी र सुरक्षित सरसफाई सुविधा प्रत्येक नागरिकको आधारभुत आवश्यकतासँगै दिगो विकास लक्ष्य प्राप्त गर्ने महत्वपूर्ण आधार भएको बताए । उनले सबै नागरिकलाई समान रुपमा पु¥याउने कार्य अझै चुनौतिपूर्ण रहेको उल्लेख गरे । तीन तहका सरकार तथा सरोकारवाला संस्थाहरुबिच सहकार्य मजबुत बनाउन रणनीतिक योजना तयार गरी दीर्घकालिन प्रतिवद्धता सुनिश्चित गर्न आवश्यक रहेको बताए ।
उनले ६१ प्रतिशत जनसंख्याले मात्रै सुरक्षित सरसफाई सुविधा पाएको उल्लेख गरे । मन्त्री यादवले १६ औं आवधिक योजनाले ४५ प्रतिशत जनसंख्याले सुरक्षित खानेपानी र ६५ प्रतिशत जनसंख्याले सुरक्षित सरसाफाई र २५ प्रतिशत ढल प्रणालीमार्फत फोहोर पानी प्रशोधन गर्ने लक्ष्य पनि लिइएको बताए । उनले राजनीतिक प्रतिवद्धताको सुदृढीकरणसहित सरसफाई सेवाका लागि तीन तहका सरकारबीच मजबुत बनाउने प्रतिवद्धता गर्नुपर्नेमा जोड दिए ।
हरेक नागरिकलाई सुरक्षित सरसफाई र खानेपानी सुनिश्चित गर्ने पार्टीबाट निर्णय गराउने उनले प्रतिवद्धता जनाए । उनले सतप्रतिशत नागरिकलाई सुरक्षित सरसफाई र खानेपानी सुनिश्चित गर्ने प्रतिवद्धताका लागि मन्त्रीपरिषद्मा प्रश्ताव लैजाने उल्लेख गरे । उनले सबै राजनीतिक दलका अध्यक्षलाई लिखित प्रश्ताव पठाउने बताए । तीन तहको सरकारको समन्वयमा काम गर्नसके सरसफाई सेवामा फड्को मार्न सक्ने उनले उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्