काठमाडौँको भृकुटीमण्डपमा कृषि सम्बन्धी मेला सुरू (तस्बिरहरू)


काठमाडाैँ । सातौं नेपाल एग्रीटेक तथा नेपाल फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो सुरू भएको छ ।

शुक्रवारबाट काठमाडौंको भृकुटीमण्डपमा एक्स्पो सुरू भएको हो । एक्स्पो आइतवार ४ गतेसम्म रहनेछ । मेलामा नेपाल भित्रका कृषि उद्यमी, व्यवसायीका साथै विदेशी व्ययवसायी तथा कम्पनीहरुको प्रदर्शनी स्टल रहेको छ । कृषि क्षेत्रको समस्त विकासमा सघाउन मिडिया स्पेस सोलुसन्स प्रा. लि.,फ्युचरेक्स ट्रेड फेयर्स एण्ड इभेन्ट्स प्रा. लि तथा एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इण्डिया प्रा. लि. ले संयुक्त रुपमा सातौं नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो आयोजना गरेको हो ।

प्रदर्शनीमा एक सय बढी स्टल स्टल रहेको मिडिया स्पेस सोलुसन्स प्रा.लि.का प्रवन्ध निर्देशक सिर्जल भट्टराईले बताए । उनले प्रदर्शनीले कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पुग्ने उल्लेख गरे । उनले साना–साना औजार,मेसिन तथा पशुपालन उद्योगमा प्रयोग हुने उपकरणहरु प्रदर्शनीमा राखिएको बताए ।