‘सकरात्मक सन्देश प्रवाह गरौं, सेयरबजारको यात्रा सुखद छ’


काठमाडौं । विगत एक वर्षदेखि लगातार वियरिस ट्रेण्डमा चलेको सेयर बजार केहि दिन यता मात्रै लयमा फर्किन थालेको छ ।

गत वर्ष मौद्रिक नीति सार्वजनिक भएपश्चात नकरात्मक बनेको सेयर बजार यस वर्षको मौद्रिक नीति सार्वजनिक भएपछि सकरात्मक बनेको सेयर बजारका जानकारहरु बताउँछन् ।

गत वर्ष नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा एउटा बैंकबाट अधिकतम ४ करोड र समग्र बैंक तथा वित्तिय संस्थाबाट १२ मात्रै ऋण लिन पाउने व्यवस्था गरेपछि बजार पूर्णरुपमा नकरात्मक बनेको थियो । अस्थिर व्याजदर र ४÷१२ को क्यापले सेयरबजारलाई एकदमै गाजेको सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल बताउँछन् ।

अर्याल भन्छन् “सेयरबजारमा ४/१२ को क्यापले पर्ने बास्तविक असर भन्दा हल्लाले बजारलाई धेरै प्यानिक बनायो, ठुला लगानीकर्ताले यसरी नकरात्मक सन्देश बजारमा प्रवाह गरे कि ४/१२ को क्याप नहटुन्जेलसम्म बजारमा राम्रो माग आउँदैन जसले गर्दा बजार पोजेटिभ बन्न गाह्रो छ, त्यसभित्र पनि सकरात्मक कुराहरु छन् भनेर कसैले भनेनन् ।”

उनका अनुसार अब अहिले राष्ट्रबैंकले ४/१२ को सीमा हटाउने वित्तिकै बजार लयमा फर्किएको छ । यसबाट पनि प्रष्ट हुन्छ कि सेयर बजारमा सूचना र हल्लाले कति प्रभाव पार्दछ भनेर ।

ठिक छ हामीले चाहिँ मौद्रिक नीतिमा चारबार आउनु सँगसंगै अस्ति सम्बोधन गरेको विषय आइदिएको भए सुनमा सुगन्ध हुन्थ्यो त्यसले सकारात्मक प्रभाव ल्याउथ्यो अर्यालको तर्क छ ।

”अब त्यहाँ ढिला नै भए पनि राष्ट्र बैंकले सच्चायो भन्दा एउटा बैंकमा चार करोड लिने अनि तिन वटा बैंकमा धाउने बाह्र करोड लिने हैन त्यसले गर्दा खेरि एउटा मान्छेलाई हलहल पनि थियो र कुनै बैंकमा सम्बन्ध राम्रो थियो र तपाईँले त्यहाँ पाउनु भयो भने अब तिन वटै बैंकमा सम्बन्ध नहुँदा ऋण पाउने सम्भावना थियो,” अर्यालले भने ।

मौद्रिक नीतिले भने अनुसार नै साना लगानीकर्तालाई वर्गिकरण गरेर प्राथमिकतामा सेयर बजारलाई राखेको उनकाे भनाइ छ । अर्यालले भने, “राष्ट्रबैंकले पनि सेयर बजार केहि हो है भनेर सम्बोधन गरेको छ पच्चिस लाखसम्म चाहिँ हामीले जे माग्यो त्यहिँ नै दियो । जस्तो जोखिमभारलाई पनि १०० मा नै गर्नु पर्छ बढि भयो भनेका थियौ हामीले त्यसलाई सम्बोधन भयो ।”

राष्ट्रबैंकले गल्ती महसुस गरेर सच्याएकाे उनकाे भनाइ छ । “अनि अर्को लगानीकर्तालाई राहत भनेको पच्चिस लाख ऋण लिनु भनेको पचास लाख लगानी गर्नु हो”

”अहिले दश कित्ताको नीति ल्याउँदा दश कित्ताको लगानीले लगानीकर्ताको संख्या बढेको भन्छौँ त्यस्तै पच्चिस लाख भनेको यथेष्ट हो प्रशस्त हो भनौँ न,” अर्याल तर्क गर्छन् ।

अहिलेको हिसाबले त्यसले गर्दा हामी सकारात्मक हुनुपर्ने र राज्यले ल्याउने नीति नियममा सधैँ विरोध मात्रै गरेर पनि हुदैँन । ब्याजदर घट्यो भने स्वतः अब बजारमा आफ्नो अनुसार चल्ने उनकाे भनाइ छ ।

”अहिले पनि हामी स्वतन्त्र नागरिक भएर विश्लेषण गर्दा मौद्रिक नीतिलले चाहिँ प्रस्तुत गरेको आँकडाका अनुसार त हाम्रो देश त त्यति बिग्रिसकेको अवस्थामा चाहिँ हामी जरजर नै भइसकेको एकदमै सुधार गर्नु पर्ने चारैतिर बन्देज लगाउनु पर्ने अवस्थामा त रहेनछौ । तथ्यांक बोलिरहेको छ यो सेयरबजारको लागि सकरात्मक कुरा हाे,” अर्यालले बताए ।

मौद्रिक नीतिमार्फत् मर्जर गर्दा बन्द नगर्ने नीतिसँगै धितोपत्र बोर्डले नै नीति बनाएर चलाओस् बोर्ड नै पुँजीबजारको सर्वेसर्वा हो भन्ने कुरा स्पष्ट गरिदिएको छ ।

अर्यालका अनुसार बजारमा नियमन गर्ने निकाय पनि बलियो भएर जाने हाम्रो बजारलाई पनि सहयोग गर्ने हुदाँ मौद्रिक नीतिमा हामीले गुनासो गर्ने धेरै ठाउँ छैन त्यसैले अबको सेयर बजारको यात्रा सुखद् नै हुन्छ ।