सहकारीको रकम ठगी गर्नेहरूको सम्पति रोक्का गरी पीडितलाई फिर्ता गर्नुपर्छः सांसद कोइराला


काठमाडाैँ । राष्ट्रिय सभामा नेकपा एमाले सांसद रुक्मिणी कोईरालाले सहकारीको रकम ठगी गर्नेहरूको सम्पति रोक्का गरी पीडितलाई फिर्ता गराउनुपर्ने बताएकी छन् ।

राष्ट्रिय सभाको आइतवारको बैठकमा उनले हकारीलाई बद्नाम गर्न, देशव्यापी रूपमा सहकारी अनियमितता र सहकारी ठगहरूकाे सञ्जाल सल्बलाएको बताएकी हुन् । उनले सहकारी कानून बनाउनका लागि अपरिहार्य रहेको बताइन् । उनले भूमिसम्बन्धी अध्यादेशमा भूमिहिन दलित तथा भूमिहिन सुकुम्वासीलाई जोखिम हुने ठाउँबाट अन्यत्रै बसोवासको व्यवस्था मिलाउने गरी आएको उल्लेख गरिन् ।

“सहकारीलाई बद्नाम गर्न, देशव्यापी रूपमा सहकारी अनियमितता र सहकारी ठगहरुको सञ्जाल सल्बलाएको छ । पीडितहरू अहिले पनि आन्दोलनमा छन् । अब जसले सहकारी ठगेको हो, उसको सम्पती रोक्का गरी पीडितलाई रकम फिर्ता गराउनु पर्छ । त्यसैले सहकारी कानून बनाउनका लागि अपरिहार्य छ । भूमिसम्बन्धी अध्यादेशमा भूमिहिन दलित तथा भूमिहिन सुकुम्वासीलाई जोखिम हुने ठाउँबाट अन्यत्रै बसोवासको व्यवस्था मिलाउने गरी आएको छ,” उनले भनिन् ।

सुशासनसम्बन्धी अध्यादेश पनि आम नागरिकको चाहना बमोजिम जवाफदेही र पारदर्शी बनाइ छिटो छरितो ढंगबाट काम अघि बढाउने गरी ऐ आएको बताइन् ।