काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट आईएमई पे ले यूएईबाट बोटिम मार्फत पठाएको पैसा आईएमई पेमा प्राप्त गर्दा ५ सय रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ ।
बोटिम एप मार्फत यूएईमा बस्ने नेपालीले नेपालमा आईएमई पे एपमा रकम पठाउन मिल्ने साझेदारी अन्तर्गत यो अफरले यूएईमा रहेका नेपालीमा थप उत्साह मिल्ने विश्वास कम्पनीको छ ।
१५ फागुन १५ चैतसम्म लागु हुने अफर अन्तर्गत १० रुपैयाँ वा त्यो भन्दा बढी प्राप्त गर्ने १० जना भाग्यशाली विजेताले बोनस रकम प्राप्त गर्न सक्ने कम्पनीको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्