दोहोरो अंकले घट्यो नेप्से, १४ अर्ब रुपैयाँ बढिको कारोबार


काठमाडौँ। सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक १३.६२ अंकले घटेर २८७६.६६ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ५ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ८ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

सोमबार नेप्सेमा हिमालयन रिइन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको एक अर्ब ३८ करोड ७४ लाख ४७ हजार ९२४ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताहरुले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

यस्तै, समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर नकारात्मक सर्किट लागेको छ ।

कुल ३०० कम्पनीको ३ करोड १२ लाख ४१ हजार २५८ कित्ता सेयर किनबेच हुँदा १४ अर्ब २८ करोड ४५ लाख १० हजार ५९५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।