नेप्से परिसूचक ३८ अंकले घट्यो


काठमाडौं । विहिबार नेप्से परिसूचक ३८ अंकले घटेकोे छ । नेप्से परिसूचक ३८.६१ अंकले घटेर २१४८.६१ अंकमा झरेको छ । सेन्सेटिभ परिसूचक ८.२५ अंकले घटेर ४१२.२५ अंकमा झरेको छ ।

विहिबार १३ ओटै उपसमुहहरु घटेका छन् । विहिबार कारोबार रकमको आधारमा शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २५ करोड २२ लाख ११ हजार रुपैँया बराबारको कारोबार भएको हो ।

विहिबार बलेफी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले धेरै कमाएका छन् । कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको सेयर मुल्य ९.५२ प्रतिशतले घटेको छ ।

कुल २१५ कम्पनीको ८५ लाख ६९ हजार ५ कित्ता सेयर कारोबार हुँदा ३ अर्ब ७६ करोड ८० लाख ७९ हजार १७३ रुपैँया बराबारको कारोबार भएको नेप्सेले जनाएको छ ।