काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले आगामी चैत १९ गतेदेखि शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको हो ।
कम्पनीले हकप्रद सेयर निष्काशनको लागि नेपाल धितोपत्र बोर्डबाट गत माघ २२ गते स्वीकृती पाएको थियो ।
कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४ सय रुपैयाँको १ः१ अनुपातमा रु.१०० अंकित दरका १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद निष्कासन गर्न लागेको हो । लगानीकर्ताले सानिमा बैंककाे शाखा कार्यालयहरू विराटनगर,वीरगञ्ज,पोखरा,बुटवल,विराटनगर,विरेन्द्रनगर,धनगढी,लमजुङ,सानिमा क्यापिटलको कार्यालय र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन तथा मेरो सेयरबाट पनि अनलाइन आवेदन सक्नेछन ।
हकप्रदबाट प्राप्त रकम विभिन्न बैंकको ऋण भुक्तानीका लागि लागि उपयोग गरिने कम्पनीले जनाएको छ । हकप्रद सेयर निष्कासन प्रयोजनका कम्पनीले गत फागुन १५ गतेका लागि बुक क्लोज गरिसकेको हुँदा फागुन १४ गतेसम्म नेप्सेमा सेयर कारोबार भइ कायम भएका सेयरधनीले उक्त हकप्रदमा आवेदन दिन पाउँनेछन् ।
हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सानिमा क्यापिटल रहेको छ ।
प्रतिक्रिया दिनुहोस्