फोहोर गरेको भन्दै काठमाडौँ महानगरले लगायो राप्रपालाई एक लाख जरिवाना


काठमाडौं। काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई एक लाख रुपैयाँ जरिवाना गरेको छ।

महानगर प्रहरी बलबाट जारी पत्र अनुसार, फागुन २५ गते धुम्बाराहीस्थित पार्टी कार्यालयबाट आयोजित कार्यक्रममा सहभागी व्यक्तिहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, तिलगंगा, गौशाला लगायत सार्वजनिक स्थानका सडक, सडकपेटी तथा रेलिङमा भौतिक क्षति पुर्‍याउनुका साथै जथाभावी फोहोर फालेर वातावरण प्रदूषण गरेको पाइएपछि यो कारबाही गरिएको हो।

महानगरपालिकाले फोहरमैला व्यवस्थापन ऐन, २०६८, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र आर्थिक ऐन, २०८१ बमोजिम जरिवाना गरेको जनाएको छ। पत्रमा राप्रपालाई एक लाख रुपैयाँ जरिवाना तिर्न निर्देशन दिइएको छ। साथै, यस घटनाबारे निर्वाचन आयोग नेपाललाई जानकारी गराइएको छ।