काठमाडाैँ । पुष्प व्यवसायको व्यावसायिक विकास र प्रवर्द्धन गर्ने उद्देश्यले फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले २६ औं फ्लोरा एक्स्पो २०८१ आजदेखि सुरू भएको छ ।
‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ (आज) चैत्र १ देखि ४ गतेसम्म भृकुटीमण्डप प्रदर्शनी हलमा उक्त एक्स्पो सुरू गरिएकाे हाे । एक्स्पोमा व्यवसायीक स्टल तथा अफिसियलहरू सहित गरी जम्मा ८२ वटा स्टल रहेका छन् ।
मेलामा विगत वर्षमा जस्तै यस वर्ष पनि मेलामा सहभागी भएका विभिन्न पुष्प व्यवसायीहरूद्धारा उत्पादित फूल बिरुवाहरूको विभिन्न बिधाहरूमा (उत्कृष्ट स्टल, उत्कृष्ट ल्याण्डस्केपिन, उत्कृष्ट मौसमी फूल, उत्कृष्ट आलंकारिक बिरुवा, उत्कृष्ट आलंकारिक फूल्ने निरुवा, उत्कृष्ट पुष्ण सजावट, उत्कृष्ट कट फ्लावर (गुलाब, अरबेरा र कार्नेशन) स्वच्छ प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ ।
फ्यानका अनुसार यस वर्ष आयोजना हुने २६ औँ फ्लोरा एक्स्पो अवधि भित्र करिब ६० हजार अवलोकनकर्ता द्धारा अवलोकन हुने तथा एक करोड बढीको व्यवसायीक कारोबार हुनेछ । मेलामा सहभागी हुने नर्सरी वा फर्मले तीनवटा विधामा मात्र प्रतिस्पर्धा गर्न पाउनेछन्। साथै, पुष्प उत्पादक, थोक तथा खुद्रा व्यापारी, आयात–निर्यातकर्ता, सामग्री आपूर्तिकर्ता, तथा उपभोक्ताहरूको सक्रिय सहभागिता रहने आयोजकले जनाएको छ ।



















प्रतिक्रिया दिनुहोस्