चन्द्रागिरी हिल्सले कमायो साढ दुई करोड मुनाफा


काठमाडौं । अघिल्लो आर्थिक वर्षमा २७ करोड घाटामा रहेको चन्द्रागिरी हिल्सले गत आर्थिक वर्षमा भने साढे २ करोड मुनाफा कमाएको छ । कम्पनीले आर्थिक वर्ष ७८ ७९ मा कम्पनीले २ करोड ५५ लाख खुद नाफा कमाएको हो ।

यस अवधिमा कम्पनीको संचालन आम्दानी ६६ करोड ९८ लाख रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामामा २०२ प्रतिशत बढी हो। अहिल्लो आर्थिक वर्षमा कम्पनीको संचालन आम्दानी २२ करोड १९ लाख मात्र थियो । १ अर्ब ५३ करोड चुक्ता पुंजी रहेको कम्पनीको रिजर्भ भने ३९ करोड ४४ लाख ऋणात्मक रहेको छ ।

कम्पनीको प्रति शेयर आम्दानी १।६७ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ ७४।२७ रुपैयाँ रहेको छ । आर्थिक वर्ष ७८र७९ को चौथो त्रैमासमा कम्पनीको अधिकतम शेयर मूल्य १३४३ रुपयाँमा कारोबार भएको थियो भने न्युनतम ९२४ रुपैयाँमा कारोबार भएको थियो ।

आर्थिक वर्ष २०७८र०७९ को चौथो त्रैमासिक समीक्षा अवधिमा कम्पनीको आर्थिक क्रियाकलापा तुलनात्मक रूपमा राम्रो रहन गएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यस अवधिको पहिलो महिनादेखि नै आर्थिक क्रियाकलापमा क्रमशः सुधार हुँदै जाँदा कम्पनीको व्यापार व्यवसायमा बृद्धि भएको हो।