काठमाडौँ। साताको कारोबारको चौथो दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक १४.८८ अंकले घटेर २६८२.१५ अंकमा झरेको छ ।
आजको दिन सेयरबजारमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ३ ओटा उपसमुहको सेयर मूल्य बढेको छ भने बाँकी १० ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
बुधबार नेप्सेमा हिमालयन रि इन्स्योरेन्सको सेयरको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २९ करोड ६७ लाख ३२ हजार ६८२ रुपैयाँको कारोबार भएको छ ।
आजको दिन मिथिला लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य क्रमश ९.३९ अंकले बढेको छ ।
त्यस्तै आज सामुदायिक लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ९.२० प्रतिशतले घटेको छ ।
कुल ३११ कम्पनीको ९५ लाख ८३ हजार ८२९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १४ करोड ३९ लाख ९७ हजार ६४३ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्