काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से परिसूचक ३३.३३ अंकले घटेर २६७०.६ अंकमा झरेको छ ।
आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहकै सेयरमूल्य घटेको छ ।
सोमबार हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ५० करोड ३६ लाख ८ हजार ९८४ रुपैयाँको कारोबार भएको छ ।
आज बाराही हाइड्रोपावर पब्लिकका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ७.४६ प्रतिशतले बढेको छ ।
त्यस्तै, आज अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरुले सबैभन्दा बढि गुमाएका छन् । कम्पनीको सेयरमूल्य ९.०९ प्रतिशतले घटेको छ ।
कुल ३२२ कम्पनीको एक करोड १४ हजार ८६६ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६५ करोड ८९ लाख ७३ हजार ७६६ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्